Logo

मुख्य समाचार

राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि, अध्यक्षले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कोे केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै छ ।

बैठक बिहान साढे ८ बजे धुम्बाराहीमा बस्ने तय भएपनि केही ढिलो गरी शुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

हिजोदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने क्रम जारी रहने अध्यक्ष लिङ्देनले बताए ।

उनले भने, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाक्षध्य र प्रदेश अध्यक्षहरुले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ। ’

भोलीसम्म चल्ने उक्त बैठकमा कार्यपत्रहरु बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरुले छलफलमा महत्व पाउने लिङ्देनले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ५८ बजे