Logo

मुख्य समाचार

एमालेको बन्द सत्र हल बाहिर नाराबाजी



काठमाडौं । चितवनमा नेकपा एमालेको बन्द सत्र हल बाहिर नाराबाजी भएको छ ।

सहमतिमा नेतृत्व चयनको माग गर्दै एमालेको दशौं महाधिवेशनका प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

शनिबार सौराहास्थित सेभेन स्टार होटल क्षेत्रमा आयोजना हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गरेका हुन् ।

उनीहरूले नेतृत्व सर्वसम्मत हुनैपर्छ भन्दै नारा लगाएका छन् । एमालेको १० ‌औं महाधिवेशन चितवनमा जारी छ ।

शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्नेछ । बन्दसत्रमा २ हजार १ सय ७५ जना प्रतिनिधि हुनेछन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ०३ बजे