Logo

मुख्य समाचार

कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्।

शुक्रबार भएको  अधिवेशनमा श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कृष्ण बस्याललाई २८६ को मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

श्रेष्ठले ५०९ मत ल्याउँदा बस्यालले २२३ मत प्राप्त गरेका थिए।

यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ४६६ र ज्ञानबहादुर गाहाले ५१८ ल्याउँदै विजयी भएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ४२ बजे