Logo

मुख्य समाचार

सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन : महामन्त्री शर्मा


११ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु गठबन्धन’को संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहकारी बन्दु गठबन्धनको शैली ठिक नदेखिएको बताए ।

प्रतिपक्षले संसदमा बोल्दै गर्दा संवादको प्रक्रिया सहज हुन्छ भन्ने सभामुखको भावमा उनले आपत्ति जनाए ।

नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने गृहमन्त्री नै दोहोरो पासपोर्टमा आरोपित रहेको उनले बताए ।

एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि गिरिबन्धु चिया बगान बेचेर कमिसन खाएको आरोप लगाएको भन्दै त्यसमा पनि छानबिन समिति गठन हुनुपर्ने शर्माले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ३ : ३१ बजे