Logo

समाचार

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक, अस्पतालबाटै हाम फालेर युवकले गरे आत्महत्या !



काठमाडौं । विराटनगरको गोल्डेन अस्पतालको तीन तलाबाट हाम फालेर एक युवकले आत्महत्या गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलाबाट हामफालेका थिए। शुक्रबार मण्डलले हाम फालेका हुन् । उनको उपचार कै क्रममा मृत्यु भएको हो ।

छारे रोगको उपचार गराउन मंसिर तीन गते मण्डललाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा लागेको खर्च ब्योहोर्न नसकेपछि अस्पतालले मण्डललाई घर जान दिएको थिएन ।

उनको उपचारका क्रममा लागेको २१ हजार रुपैँया तिर्न नसकेपछि विगत चार दिनदेखि अस्पतालले उनलाई घर जान दिएको थिएन । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ४० बजे