Logo

विश्व

नयाँ स्वरुपमा देखा परेको घातक कोरोना भाइरसको नाम ‘ओमिक्रोन’



काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रजातीको कोरोना भाइरसलाई ‘ओमिक्रोन’ नाम दिएको छ ।

नयाँ भाइरसमा पेहिलेका भेरियन्टमा भन्दा धेरै परिवर्तन देखिएको र यो चिन्ताको विषय बनेको बैज्ञानिकहरुले बताएका छन् ।

यो उत्परिवर्तित भाइरस दक्षिण अफ्रिका बाहेक अन्य देशहरुमा पनि फैलिसकेको हुन सक्ने आशंका गरिएको छ । सो भाइरसको संक्रमण बेल्जियम, इजरायल, बोत्सवान र हङकङमा पनि देखा परेको डब्लुएचओका अधिकारीहरुले दावी गरेका छन् ।

यो भाइरस यस अघिका भन्दा धेरै खतरनाक रहेको बताइएको छ । यसअघि बनाइएका कोरोनाविरुद्वका खोपहरुले यसलाई काम नगर्न सक्ने भएकाले थप चिन्दा बढेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

कतिपय देशहरुले दक्षिण अफ्रिका यात्रामा प्रतिबन्धको घोषणासमेत गरिसकेका छन् ।

बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो र इस्वाटिनीका नागरिकलाई बेलायत प्रवेशमा रोक लगाइसकेको छ भने हवाई उडानसमेत रोकिसकेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : २१ बजे