Logo

मुख्य समाचार

एमाले महाधिवेशन: बन्दसत्र सुरु



एमाले  काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत दोस्रो दिन शनिबार बन्दसत्र र मनोनयन दर्ता हुँदैछ ।

चितवनमा शुक्रबारदेखि जारी महाधिवेशनबाट नेकपा एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।

शुक्रबार राति सौराहामा बसेका एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी, केन्द्रीय कमिटीमा संख्या थप्ने र पोलिटब्युरो पनि बनाउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले पारित गरेको प्रस्ताव बन्दसत्रले अनुमोदन गरेपछि त्यो कार्यान्वयनमा जानेछ।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाइएको हो। नयाँ नेतृत्वका लागि सहमति नभए आजै मनोनयन दर्ता हुनेछ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ४२ बजे