Logo

समाचार

‘बेला बेलामा समस्या आएपनि एमाले सफलताका साथ अगाडि बढेको छ’: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मां ओलीले एमालेमा बेलाबेलामा समस्या आएपनि आजसम्म सफलताका साथ अगाडि बढिरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले समस्या आएपनि सफलताका साथ एमाले अगाडि बढिरहेको भन्दै आज एमाले देशकै ठूलो पार्टी रहेको र भोली पनि रहने दाबी गरे ।

ओलीले एमालेले बलिदान र संघर्षको ७२ वर्ष पुरा गरेको बताए । ओलीले अन्य दलहरु जनताको बिचमा जान डराएको तर्क गर्दै एमाले सदैव जनताको बिचमा जान तयार रहेको बताए ।

उनले जनताको बिचमा जान छोडेर परमादेशबाट सरकार परिवर्तन हुने अस्वस्थ विधी आगामी दिनमा नदेखियोस् भने ।

ओलीले आगामी चुनावमा एमालेलाई एकल बहुमत ल्याउनुपर्ने चुनौती रहेको र चुनौतिलाई स्विकारेर आगामी निर्वाचनमा बहुमत ल्याएरै छाड्ने ओलीले ठोकुवा गरे ।

उनले महाधिवेशन लगत्तै आफ्नो पार्टी निर्वाचनमा लाग्ने पनि बताए । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ३ : ११ बजे