Logo

मुख्य समाचार

‘देश अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर भयो’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताए । यसलाई रोक्न पत्रकारहरू सचेत हुनुपर्नेमा उनको जोड छ ।

उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारसँग आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए ।

उनले कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका विषयमा पनि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १२ : ३० बजे