Logo

मुख्य समाचार

१३ करोडको लागत लिफ्टसहितको प्रशासकीय भवन निर्माण धमाधम



रौतहट । रौतहटको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रशासकीय भवन निर्माणको काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

माधवनारायण नगरपालिका-६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् ।

प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेकोमा खुसी व्यतm गर्दै उनले निर्माणका काममा कुनै प्रकारको कमसल सामग्री प्रयोग नगर्न आग्रह गरे ।

यद्यपी, गुणस्तरहीन काम गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत उनले दिए । पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको मेयर यादवले बताए ।

साढे दुई वर्षभित्रमा भवनको निर्माण कार्य सकिने लक्ष्य राखिएको उनले जानकारी दिए । उनका अनुसार कम्पाउण्डवाल सहित कुल २५ वटा भन्दा बढी कोठा भएको अत्याधुनिक डिजाइनको साढे तीन तलाको सुविधायुतm प्रशासकीय भवन निर्माण हुनेछ ।

लिफ्टसहितको प्रशासकीय भवन निर्माण गर्ने जिल्लामा माधवनारायण नगरपालिका पहिलो पालिका हुनेछन् । जिल्लाको अहिलेसम्म कुनै पनि पालिकाको प्रशासकीय भवनमा लिफ्टको सुविधा छैन ।

२०७४ सालमा स्थानीय तहको स्थापना भएदेखि नै माधवनारायण नगरपालिका कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । तर नगर प्रमुख यादवले निःशुल्क जग्गा उपलब्ध गरापछि अहिले माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ ।

भवनमा मेयर र उपमेयरको अलग/लग कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग/अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि निर्माण हुनेछन् ।

भवनमा अपांग, अशक्त, बिरामी र वृद्धवृद्धालाई तलबाट माथि र माथिबाट तल ओहोर दोहोर गर्न सहज होस भन्ने उद्देश्यले लिफ्टको समेत व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १२ : २३ बजे