Logo

समाचार

दुई काम देखाउँदै कमल थापाले गरे ओलीको प्रशंसा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई महत्वपूर्ण काम गरेको बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनमा भाग लिन चितवनमा पुगेका थापाले उद्घाटन सत्रमा बोल्दै ओलीका दुई कामको प्रशंसा गरेका हुन् ।

अध्यक्ष थापाले विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु र लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गर्नु अर्को महत्वपूर्ण काम ओलीले गरेको बताएका हुन् ।

उनले यी प्रमुख दुई कार्यका लागि ओलीलाई देशले सम्झिरहने बताए । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : २६ बजे