Logo

मुख्य समाचार

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरूबाट मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शान्तिका प्रतिक महामानव गौतम बुद्धको २५६८ औँ जन्म जयन्तीका सन्दर्भमा बिहीबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ,’ देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’

उनले यो अवसरमा देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्ने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ८ : २५ बजे