Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवा र भाजपाका नेताबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)का नेता डा. हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्धिवेदीबीच भेटवार्ता भएको छ ।

एमालेको १०औँ महाधिवेशनमा भाग लिने नेपाल आएका भाजपाका दुई नेता र प्रधानमन्त्री देउवाबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भाजपा नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा विभिन्न समसामायीक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसमेत सहभागी थिए । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ४९ बजे