Logo

मुख्य समाचार

प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र



काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् ।

सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ३५ बजे