Logo

मुख्य समाचार

संसद्लाई कति चाहिन्छ बजेट : सभामुख, अर्थमन्त्री र सभापतिहरूबिच छलफल



काठमाडौँ । सङ्घीय संसद्का लागि आवश्यक पर्ने बजेटका बारेमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुन सहित सङ्घीय संसद्का सभापतिहरूबिच बैठक राखेका छन् । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम भइरहेको पूर्व सन्ध्यामा बुधवार सभामुख घिमिरेले राष्ट्रियसभाका अध्यक्ष, संसद्का दुवै सदन अन्तर्गत रहेका विषयगत समितिका सभापतिहरूलाई छलफलमा बोलाएका हुन ।

सिंहदरबारस्थित कानुन समितिको हलमा संसद्को बजेटका विषयमा छलफल भइरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बजेट अभावका कारण विभिन्न संसदीय समितिहरूले काम गर्न नसकेको लगायत संसद्का कुन–कुन क्षेत्र विषयका लागि कति बजेट आवश्यक पर्छ भन्ने बारेमा छलफल भइरहेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १ : २८ बजे