Logo

समाचार

स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई थाइल्याण्डबाट चीन लगियो



काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान थाइल्याण्डबाट चीन लगिएको छ । जटिल प्रकारको जण्डिसबाट पिडित पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको हो । 

पुनको विगत डेढ महिनादेखि बैंककस्थित  समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । तर उनको स्वास्थ्यमा खासै सुधार नदेखिएपछि चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि चीन लगिएको हो ।

नेता पुनसँगै पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीन गएका छन् । नेता पुनलाई असोज १३ गते समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : २५ बजे