Logo

मुख्य समाचार

सिरोहियालाई धनुषा अदालत ल्याइयो, सुरक्षा व्यवस्था कडा



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् ।

अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : २८ बजे