Logo

मनोरञ्जन

क्रिकेट खेलाडीको कथा समेटिएकाे ‘जर्सी’ फिल्मको ट्रेलर सार्वजनिक



एजेन्सी । शाहिद कपुर अभिनित ‘जर्सी’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। आगामी डिसेम्बर ३१ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो।

दक्षिण भारतीय फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा एक जना पूर्व क्रिकेट खेलाडीको कथालाई समेटिएको छ। फिल्ममा क्रिकेट छोडेका बाबुले आफ्ना ६ वर्षे छोरालाई जर्सी खरिद गर्नका लागि पुनः मैदानमा उत्रिएको कथालाई समेटेको छ।

सन् २०१९ मा प्रदर्शनमा आएको तेलगु भाषाका निर्देशक गौतम तिन्ननुरी निर्देशित ‘जर्सी’ कै कथा शाहिद कपुरको जर्सीमा देखाइएको छ।

फिल्मलाई तेलगु भाषाकै निर्देशक तिन्ननुरीले निर्देशन गरेका छन्। करिब २ वर्षपछि पर्दामा आउन लागेका शाहिदसँगै फिल्मको मुख्य भूमिकामा म्रुनल ठाकुर, पंकज कपुर लगायतको अभिनय छ। 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : २५ बजे