Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कंकाल



भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । 

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए ।

कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ०४ बजे