Logo

कला/साहित्य

मंसिर १० देखि अस्कर कलेजमा दुई दिने फिल्म फेस्टिभल



काठमाडाैं । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ।

नेपालमा फिल्म पढाउने पहिलो कलेजका रुपमा स्थापित अस्करले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो।

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको जनाएका छन्।

प्रिन्सिपल दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएकासँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका सिनेमाहरु पनि देखाइने छन्। कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन्। 

फिल्म प्रदर्शनबाहेक फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन्। छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल दाहालले जनाएका छन्। 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २७ बजे