Logo

समाचार

टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी मोर्चाको आग्रह



काठमाडौं । विपक्षी मोर्चाले टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

विपक्षी मोर्चाको बैठक निर्णय सुनाउन सभामुखको कार्यकक्षमा पुगेका राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो आग्रह गरेका हुन् ।

छानबिन समिति गठन सम्बन्धी कार्यदलले टीओआरमा सहमति जुटाउने प्रयास गरिरहेको छ ।

कार्यदलमा सहमति जुटाउनका लागि सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबार लागेका छन् ।

संसद बैठक तत्कालका लागि अनिश्चित भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १२ : ३३ बजे