Logo

खेलकुद

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै



काठमाडौं । यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले साेमबार हङकङसँग पहिलो खेल खेल्दैछ । नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा खेल हुनेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया क्षेत्रको छनोटमा कुल ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविन खेलपछि शीर्ष स्थानमा रहने टिम सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछ । छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले सन् २०१९ मा टी-२० विश्वकपकै लागि एसिया छनोटमा हङकङसँग खेलेको थियो । यस्तै यूएई जानुअघि नेपालले कतारसँग पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । 

नेपाली टिममा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राई छन्।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ४७ बजे