Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु चे चो ला लि लु ले लो अ)

काम विशेषले इष्टमित्रसँग भेटघाट हुनेछ । अचानक धनप्राप्ति होला  । मानसिक तनाव कम हुनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो)

आकस्मिक काम आईपर्नेछ । कामको प्रशंसा र सम्मान पाउनु हुनेछ । रमाइलो अनुभूति भइरहने छ । विद्यामा सफल भइनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

शरीरमा कष्ट हुनेछ । तपाईँलाई दुखदिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला । खर्चिलो दिन छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आजको दिन उत्तम हुनेछ । काम गर्दा सहयोग गर्र्ने बढी होलान् । नयाँ मित्रको साथ पाइने छ । धन प्राप्ति होला ।

सिंह (मा मि मु मे मो टा टि टु)

आवश्यक यात्राले रोकिएको काम पूरा हुनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । आम्दानी हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज मान सम्मानले तपाईँको खुसीको सीमा रहने छैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

सबैको असहयोगले मन खिन्न रहनेछ । मान,सम्मानमा आँच आउला । सोचेको काम पनि बन्ने देखिन्न । 

वृश्चिक  (तो ना नि नु ने नो या यि यु )

परिवारको सहयोगले काम बन्नेछ । रमाइलो यात्रा उपलब्धिमय हुनेछ । दाम्पत्य जीवनबाट सुख प्राप्त हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज कुरा काट्नेहरुको भिड हुनेछ । नयाँ सामान खरिद नगर्नुहोला । आजको यात्रा कठिन होला । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि¬)

आजको दिन भाग्यले साथ दिनेछ । यात्राबाट पनि लाभ उठाउनु हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन कष्टपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुन कठिन देखिन्छ । नसोचेको खर्च हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज मन मनोरम हुनेछ । नयाँ कामले प्रशंसा पाउँनेछ । मानसिक थकान कम होला । 

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : ३६ बजे