Logo

मुख्य समाचार

विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन : प्रधानन्यायाधीश



काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ समुद्घाटन समारोहमा उनले विधिको शासन समानता र न्यायको आत्मा पनि भएकाले त्यसको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन् ।

उनले भने,‘वास्तवमा विधिको शासन सुशासन संविधानवाद तथा स्वतन्त्र न्यायपालिका एक अर्काका परिपुरक अन्तरसम्बन्धित अवधारणा वा मान्यताहरु हुन् । विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन । विधिको शासन समानता र न्यायको आत्मा पनि हो । अहिले विधिको शासन मुलुकको शासकिय अवस्था र विभिन्न क्षेत्रको स्तर मापन गर्ने अन्तरसम्बन्धी सूचकको रुपमा स्थापित हुँदै आएको छ ।’

प्रधानन्यायाधीशले न्यायमा पहुँच अभिवृद्धिका लागि कानुन व्यवसायीको महत्वपूणर् भूमिका रहने बताए । संविधान तथा कानुन प्रदत्त अधिकार र त्यसको उलङ्घनमा प्राथमिक उपचार तथा सोको प्रकृयाबारेमा जानकारको सम्प्रेषण, मुद्दाको पक्षको प्रतिनिधित्व वैत्तनिक कानुन व्यवसायी, निःशुल्क कानुनी सेवा लगायतको भूमिका मार्फत विधिको शासन र न्यायको पहुँचमा महत्वपूणर् योगदान पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : ३२ बजे