Logo

मुख्य समाचार

विपक्षी दलको आग्रहपछि संसद बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेलको स्थिती बनेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोलाई सारिएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने गरेका थिए । यता, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विपक्ष दलहरूसँग छलफल गरिसकेका छन् । सदनको अवरोध हटाउन दलहरुबीच विभिन्न कोणबाट छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : ०३ बजे