Logo

मुख्य समाचार

राष्ट्रपति पौडेलको युरोप भ्रमण तय



गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । मन्त्रिपरिषद्को बैठकले ती भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण स्थगित भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको तयारी चलिरहे पनि समय भने तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेको बताए ।

आइएलओको वार्षिक उत्सवमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि त्यहाँका राष्ट्रपतिलगायत अन्यसँग उच्चस्तरीय भेटघाट रहेको छ ।

स्विटरल्याण्डबाट उनी जर्मनी पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीमा त्यहाँका राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ४ : ४० बजे