Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

कांग्रेस मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित



काठमाडाैं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ मा सोमबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट उनी पराजित भएका हुन्।

स्याङजाबाट उनले यसपालि नै काठमाडौंमा सदस्यता सारेका थिए। उनले जम्मा ८३ मत ल्याएका थिए। काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस नेता प्रकाशमान सिंहनिकट अधिकांशले जितेका छन्। केही महाधिवेशन प्रतिनिधि भने केन्द्रीय सदस्य प्रदीप पौडेलनिकटले पनि जितेका छन्।

क्षेत्रीय सभापति भने मुकुन्द रिजाल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मनोहरि तिवारीले जम्मा ५० मत ल्याएका थिए भने रिजालले २०४ मत ल्याएका थिए।

यस्तै नेविसंघ पूर्वमहामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले जम्मा ३६ मत ल्याएका थिए।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट पनि यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेका छन्। भट्टले १५१ मत ल्याएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : २४ बजे