काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्ने अठोट गरेका छन् ।
बुद्धको जन्मजयन्तीको सन्दर्भमा बुधवार राजधानी सियोलमा बोल्दै राष्ट्रपति येओलले बुध्दका सन्देशबाट प्रेरणा लिएर आफूले देशका मामिलाहरू सही रूपमा सञ्चालन गर्ने वाचा गर्दै यसले जनताको जीविकोपार्जनमा सुधार गर्न र देशलाई चुनौतीहरूबाट पार लगाउन मद्दत गर्ने विश्वास प्रकट गरे ।
युनले बुद्धको जन्मजयन्तीमा दक्षिण कोरियामा सार्वजनिक बिदाको उपलक्ष्यमा बधाई दिँदै न्यानो र खुसी समाज बनाउन आफूले गर्न सक्ने सबै काम गर्ने बताए ।
सियोलको बुध्द धर्म सम्बन्धी जोग्ये मन्दिरमा आयोजित एक उत्सवमा युनले भने,‘म बुद्धको शिक्षालाई सधैं मनमा राख्दै देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्नेछु ।’
‘हामी तब मात्र शान्तिमा रहन सक्छौं जब हामीले अरूका भिन्नताहरू बुझ्छौं । बुद्धको दयालु शिक्षाहरूले हामीलाई नयाँ, शान्तिमय र सुखी संसारमा अगाडि बढ्न मद्दत गर्दै देशलाई उज्यालो बनाउनेछ,’ राष्ट्रपतिले भने ।
युनले बुद्ध धर्म दक्षिण कोरियाको आध्यात्मिक संस्कृतिको आधार रहेको र समाजलाई स्वस्थ राख्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।
प्रतिक्रिया