Logo

मनोरञ्जन

विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने नीति



काठमाडौं । सरकारले हलिउड तथा बलिउडका चलचित्र निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड  चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन् ।

त्यस्तै, सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाउने बताउँदै पौडेलले पर्यटकीय पुर्वाधारको विकास एवं निर्माण गरिने बताए ।

त्यसैगरि, हवाई सेवा सम्बन्धि नीति र कानुनमा समसामयिक सुधार गरि हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने घोषणा पौडेलले गरे । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : २३ बजे