Logo

समाचार

गरिबीको रेखामुनी रहेका परिवारलाई सरकारले विद्युतीय चुलो दिने



काठमाडौं । सरकारले आगामी वर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गरे ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’

राष्ट्रपति पौडेलले पहिचान भएका गरिबको स्थानीय तहमार्फत सरकारले निशुल्क बीमा गर्ने समेत उल्लेख गरे ।

‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागि विद्युतीय चुलो, ट्युबेललगायतका सामग्री उपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भने ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : १३ बजे