Logo

मुख्य समाचार

चितुवाको छालासहित दुई जना पक्राउ



दाङमा चितुवाको* छालासहित दुई जना पक्राउ परेका छन्। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरूवाका ३१ वर्षीया महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा नं. ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी घोराहीबाट पक्राउ परेका हुन्।

गोप्य सुचनाको आधारमा प्रहरीले आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। 

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको उनीहरू सवार रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोला तलासी गर्ने क्रममा चितुवाको एक थान छाला बरामद भएको डिएसपी रिजालले बताए। 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : २७ बजे