Logo

अर्थ

सुनचाँदीको मूल्य सामान्य घट्याे



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन ताेलामा १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ । छापावाल सुन आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियाे ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पनि घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ०१ बजे