Logo

अर्थ

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा सुधार



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ । परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बन्द भएको छ ।

७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्तबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो । निर्जीवन बीमा २.६४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.४९ प्रतिशतले बढेका छन् ।

१२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । ७ कम्पनीकाने सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा सांग्रिला विकास बैंक छ । उक्त बैंकको १० करोड ५ लाखको सेयर किनबेच भएको छ । पोखरा फाइनान्स ८ करोड ६ लाख, सोनाुिर मिनरल्स ७ करोड ७१ लाख र शिवम् सिमेन्ट ७ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे । उन्नति सहकार्य लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायत बढ्नेको सूचीमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : १० बजे