Logo

मुख्य समाचार

रेशमले रञ्जितामाथि प्रश्न उठाएपछि नाउपाको बैठकमा झडप



काठमाडौँ । सरकारको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सोमबार राजधानीमा बोलाएको बैठकमा तनावको अवस्था निम्तिएको छ । विवाद र हात हालाहालका बिच पनि बैठक जारी नै रहेको छ ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता श्रेष्ठ पक्ष र नहुने रेशमलाल चौधरी पक्षबिच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको विषय बाहिर आएको हो ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हात हालाहाल भएको विषय सुन्नमा आएको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : १६ बजे