Logo

अर्थ

एक हजार दुई सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ  । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : २० बजे