मेष (चु चे चो ला लि लु ले लो अ)
आजको बिहानीपख काम नबने पनि दिउँसोदेखि समयले साथ दिनेछ । रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुन्न पाइलेछ ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
जग्गा,घर तथा सवारी साधनको प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
तपाईंको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । पराक्रम बढ्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ ।
सिंह (मा मि मु मे मो टा टि टु)
सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
गरेको कामको जस पाइँदैन । पैसाको कारण वादविवाद होला । लेनदेनको कारण तनाव हुनेछ । खर्च बढ्नेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ ।
वृश्चिक (तो नानि नु ने नो या यि यु)
आज तपाईंको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
समय भाग्योदयको रहेकाले काम बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिन्छ । शत्रुपक्ष निर्बल देखिनेछन् ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
आज जे गर्नुहुन्छ त्यो कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
आज जीवनोपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहितहुनेछ । सन्तानको खुसी देखिन्छ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
जुन कुरामा पनि शत्रुसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।
प्रतिक्रिया