Logo

समाचार

हत्या भएको अवस्थामा महिलाको शव फेला



विराटनगर । झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका–६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि उनको हत्या भएको अनुमान गरिएको हो ।

घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको टोली विशेष तालिमप्राप्त कुकुर प्रयोग गरी खटिएको छ ।

उनको हत्या किन र कसले गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनासँग सम्बन्धित स्थान र आसपासका बासिन्दाहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार इलमको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ५९ बजे