मेष (चु चे चो ला लि लु ले लो अ)
तपाईको तर्कको अगाडि सबै नतमस्तक हुनेछन् । छोराछोरीको प्रगति सुन्नु पर्नेछ । आजको घुमफिर र किनमेलले दिन अर्थपूर्ण होला ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
तपाईको आज मित्र मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वास्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह )
आज बन्धुवर्गसँग दिन बित्नेछ । पराक्रम बढ्नेछ । कतै पाहुना भएर जाने अवसर मिल्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
अप्रत्यासित लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । कुनै गुमेको सामान पाउने सम्भावना बढी देखिन्छ ।
सिंह (मा मि मु मे मो टा टि टु)
कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
अचानक अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन ।
तुला (र रि रु रे रो ता ति तु ते)
आजको कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान भने गर्नेछन् ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
नजिकको मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । नयाँ सामानको खरिद भने गर्नुहुनेछ ।
प्रतिक्रिया