Logo

समाचार

घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियर पन्तविरुद्ध आरोपपत्र दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियरविरद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत विजया लक्ष्मी पन्तविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनी २५ हजार घुससहित पक्राउ परेकामा सजाय र जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५४ बजे