Logo

मुख्य समाचार

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाकाे मृत्यु



सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : १४ बजे