Logo

Breaking News 1

भारतका विदेशमन्त्री जयशंकर भ्रमणका लागि आज नेपाल आउँदै



काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक आज काठमाडौंमा हुँदै छ ।

नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले र भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।

नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : २० बजे