Logo

मुख्य समाचार

इजरायलमै नेतान्याहुविरुद्ध मोर्चावन्दी



काठमाडौं । इजरायल–हमास युद्ध जारी नै रहेका बेला इजरायलभित्र नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध सुरु भएको छ ।

नेतान्याहुलाई लिएर विपक्षी दलहरूले मोर्चावन्दी गर्न सुरु गरिसकेका छन् । इजरायलका विपक्षी नेता यायर लापिडले नेतान्याहु अब प्रधानमन्त्री बन्न नसक्ने बताए ।

इजरायलले अहिलेसम्म १५६ सैनिक गुमाइसकेको छ र यो युद्ध छिट्टै अन्त्य हुने सम्भावना छैन । ल्यापिडको दाबी छ, ‘युद्धको बीचमा प्रधानमन्त्री बदल्नु राम्रो होइन, तर जो पदमा छ त्यो खराब हुन्छ र यसलाई निरन्तरता दिन सकिँदैन ।’

गाजामा इजरायलको बमबारीको सुरुमा नेतान्याहुको युद्ध मन्त्रिपरिषद् सामेल हुन अस्वीकार गरेका थिए । देशमै विरोध सुरु भए पनि इजरायलका प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्धको आफ्नो चलिरहेको युद्ध नरोक्न बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : २५ बजे