Logo

मुख्य समाचार

लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि निर्देशित : राष्ट्रपति पौडेल



बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटलरुपले निर्देशित भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापार मेला एवम् सातौं बागलुङ महोत्सव– २०८० को बुधबार बागलुङमा उद्घाटन गर्दै उनले जनताले बनाएको संविधानलाई कसैले आँच पु¥याउन नसक्ने बताए ।

उनले भने, ‘जुन आस्था र विश्वास बोकेर २०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटलरुपले निर्देशित छु । आजको यो संविधान त्यसरी नै कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । यसरी जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पु¥याउन सक्ने छैन भनेर पनि विश्वास दिलाउन चाहन्छु ।’

राष्ट्रपति पौडेलले आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले भने, ‘महोत्सवले क्रेता र बिक्रेता एकै ठाउँमा जम्मा गर्ने भएको हँुदा वस्तुको उत्पादन, बजार, माग तथा आपूर्तिको साथै स्थानीय प्रविधि र रोजगारीलाई बढावा दिन्छ । मैले यो महोत्सवले यसमा सफलता प्राप्त गर्ने विश्वास लिएको छु ।’

स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न मेसिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण कर्जाको आवश्यकतामा जोड दिँदै उनले स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई बजार प्रवद्र्धनका कार्यक्रम दिन सक्नुपर्ने बताए ।

उनले भने, ‘हरित अर्थतन्त्रको मान्यताअनुसार वातावरण संरक्षण र जलवायु परिर्वतन अनुकूल तथा न्यूनीकरणलाई स्थानीयस्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्दछ । निजी क्षेत्रका ् अगुवाहरूलाई भन्न चाहन्छु भने यी देखिएका हिमशृंखला, हामीले होस पु¥याएनौ भने नरहन पनि सक्दछ ।’

राष्ट्रपति पौडेलले गण्डकी प्रदेशलाई चीन र भारतसँग जोड़नका लागि त्रिवेणीसम्म पु¥याउन आफूले संविधानसभामा निकै मिहिनेत गर्नु परेको स्मरण गरे ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : ०४ बजे