Logo

अर्थ

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुने



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड आज बिहान १० बजे हुनेछ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सोहीअनुसार कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : १९ बजे