Logo

मुख्य समाचार

चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँछ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँने बताएका छन् ।

सभापति देउवाले ईसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ को उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।

पर्वको उपलक्ष्यमा सुभकामना सन्देश जारी गर्दै उनले विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक बताउँदै यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्नुपर्ने बताएका छन् । पालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।

‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ०२ बजे