Logo

मुख्य समाचार

चेक गणतन्त्र : गोली प्रहार गरि १४ जनाको हत्या, २५ घाइते



काठमाडौं । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट गरि १४ जनाको हत्या गरिएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।

जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको कारण बारे केही खुलाइएको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ३१ बजे