Logo

खेलकुद

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै



काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा आज २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसी बीचमा प्रतिस्पर्धा हुने छ ।

यो खेल दिउँसो १ बजे सुरु हुने छ । यसैगरी दोस्रो खेलमा साँझ ६ बजे बुटवल लुम्बिनी र पोखरा थन्डर्स आमने सामने हुने छन् ।

ललितपुर आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने प्रयासमा रहेको छ प्रतियोगिताबाट बाहिर भइसकेको इलामले जितका साथ घर फर्कने योजनामा छ ।

यस्तै, साँझ ५ बजे लुम्बिनी र पोखरा आमने सामने हुने छन् । पोखरा दोस्रो स्थानमा रहेकाले शीर्ष स्थानमा पुग्दै प्लेअफ यात्रा तय गर्ने लक्ष्यमा रहँदा छैटौं स्थानमा रहेको लुम्बिनी पनि आजको खेल जित्दै प्लेअफ सम्भावना कायमै राख्ने प्रयासमा हुने छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ३२ बजे