Logo

समाचार

लागूऔषधसहित ७ जना पक्राउ



विराटनगर । प्रहरीले मोरङ र झापाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित सातजनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–४ बाट भारत बिहार माल्दाका २२ बर्षीय जेनिश राजबंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ की २४ बर्षीया युनिशा लिम्वुलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर पक्राउ गरिएको हो ।

यसैगरी विराटनगर–१५ मा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोलीले झापाको दमक नगरपालिका–८ का २३ वर्षीय अजय साह र २१ वर्षीय राजेश ताजपुरियालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एभिल ४० एम्पुल, फेनारागन ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र डाइजोपाम ४० एम्पुल लगायत लागूऔषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको दमकबाट २४ वर्षीय भीमबहादुर राई र २१ वर्षीय विकास घलेलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको छ ।

उता, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–३ मा मेचीनगर–१३ की ३८ वर्षीया पवित्रा राजवंशीलाई एक ग्राम ब्राउन सुगरसहित बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ४ : ०५ बजे