Logo

मुख्य समाचार

‘पार्टी सधैँ ठिक र समाज गलत भन्ने धारणामा परिवर्तन आवश्यक’



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेलले राजनीतिक पार्टी सधैँ ठिक र समाजचाहिँ सधैँ गलत भन्ने खालको धारणा बनेकाले यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

साप नेपालद्वारा आयोजित नेपालमा सिमान्तकृत समुदायको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक पार्टीहरुले मानव अधिकारको हरेक घटनाहरुलाई विकृतिको रुपमा प्रस्तुत गर्ने चलन रहेकाले गर्दा राजनीतिक पार्टी सधैँ ठिक र समाजचाहिँ सधैँ गलत भन्ने खालको धारणा बनेको भन्दै उनले यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘एकातिर बलात्कारका घटनालाई गम्भीर अपराधको रुपमा उल्लेख हुनुपर्छ, पीडकलाई सजाय दिनुपर्छ भन्छौं, अर्कोतिर बलात्कारका कतिपय घटना प्रायः स्थानीय रुपमा मिलापत्रमै टुङग्याउने गरेको पाइन्छ । जसलाई अपराधीको रुपमा सजाय गर्नुपर्ने हो त्यसैसँग मिलापत्र गर्छाैं भने उचित होइन । अपराधीकरणको प्रक्रियामा जोसुकैले अपराध गरेको होस् उन्मुक्ति लिने काम भइरहेको छ ।’

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : १८ बजे