Logo

खेलकुद

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित



काठमाडाैं । इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा सातौं हार हो । १६ खेलमा २७ अंक रहेको म्यानचेस्टर युनाइटेड हाल छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ३३ बजे